
हाम्रो जीवनमा निद्राको महत्व निकै नै हुन्छ । एक रात मात्र निद्रा बिगे्रमा दिनभरि नै जीउ भारी भएको महसुस हुन्छ हामीलाई दैनिक क्रियाकलापहरु गर्न कठिन हुन्छ। त्यसै कारणले गर्दा मीठो निद्राका लागि केही उपाय अपनाउन सकिन्छ ।
१.सँधै एकै समयमा सुत्ने र उठ्ने बानी गर्नाले अनिद्राको समस्या हट्दै जान्छ ।
२.मनमा अनेक कुरा खेलिरहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा लाग्छ ।
३.हामी ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँने बानी हुन्छ यसले निद्रा लाग्दैन । त्यसैले सुत्ने बेलामा मोबाइल नचालएकै राम्रो हुन्छ ।
४.प्रेसर, डिप्रेसन लगायत औषधि नियमित सेवन गर्ने गरिन्छ भने यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुईघण्टा अघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।
५.निद्रा लागेन भनेर मदिराको सेवन नगर्ने किनकी मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एकपटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टा अघि मात्र खाने गर्नुपर्छ ।
६.चुरोट खानेभन्दा नखानेहरु चारगुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरेको छ । चुरोटमा पाईने निकोटिनले राम्रोसँग निदाउन दिदैँन । त्यही भएर चुरोटको अम्मलीले सुत्नुअघि चुरोट नखानु राम्रो हुन्छ ।
७.मधुरो प्रकाश बालेर सुत्नुभयो भने निद्रा लाग्छ । दिउँसो दुई बजेपछि चिया, कफिजस्ता केफिनयुक्त पेय नलिनुस् ।
८.सुत्नुअघि चिया, कफि खाने बानी छ भने बानी सुधार्नुहोस् ।
केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिदैँन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु