इन्टरनेटको लतः लक्षण, समाधान र रोकथाम

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
इन्टरनेटको लतः लक्षण, समाधान र रोकथाम

Share

नारीकोसिस डटकम । विश्व सूचना प्रविधिमय बनेको अवस्थामा सूचना प्रविधि मानवजीवनमा नभई नहुने अवस्थामा पुगेको छ । यसको सकारात्मक पाटो त छदै छ तर यसको आवश्यकताले मानिसलाई नकारात्मक वाटोतिर पनि डो¥याउने हो कि भन्ने आशंका पनि बढ्न थालेको छ ।

जस्तैः कम्युट, स्मार्ट फोन, इन्टरनेट र यसको प्रयोग इत्यादि । अहिले दुनिया इन्टरनेटमय बनेको छ । एउटा बन्द कोठाभित्र रहेर विश्व हेर्न मिल्ने अवस्थामा विस्तारै मानव जीवनमा इन्टरनेट विना वस्न नसक्ने स्थिति नआउला भन्न सकिन्न ।

इन्टरनेट दुव्र्यसनको कुनै एक मात्र परिभाषा छैन । यद्यपि, इन्टरनेटको दुव्र्यसन भएका मानिसलाई उनीहरूका अनलाइन गतिविधिका कारण व्यक्तिगत र व्यावसायिक दायित्व पूरा गर्न समस्या हुन्छ । परिवार र साथीहरूसँगको सम्बन्धमा तनाव उत्पन्न हुने गर्छ ।

लक्षण

यदि कुनै व्यक्तिमा इन्टरनेटको लत भएका एक्लोपन हशुस, समयको अनुभूति नहुनु ,कामको बेवास्ता, मुड परिवर्तन, डर, काम वा
गतिविधिमा ढिलाइ, तनाव तथा बेचैनी हुनु, निद्रामा समस्या थकान महसुस हुनु, मदिराको लत लाग्नु वा यसको दुरुपयोग गर्नु
कुनै कुरामा ध्यान केन्द्रित गर्न समस्या हुनु वा नयाँ रचनात्मक काम गर्न गाह्रो पर्नु  इत्यादि। साथै शारीरिक रुपमा पीठको दुखाइ हुनु, टाउको दुख्नु, घाँटी र गर्दन दुख्नु, आँखा सुक्खा हुनु र दृष्टिसम्बन्धी अन्य समस्यासमेत बढ्नु, तौल घट्नु, कार्पल टनेल सिन्ड्रोम हुनु लक्षणहरु देखा पर्दछ ।

समाधान र रोकथाम
केही मनोविद् वा पेसेवरहरूले इन्टरनेट लतलाई बाध्यकारी विकारको रूपमा वर्गीकृत गर्ने गर्छन् । अन्यले भने यसलाई आवेग नियन्त्रण विकारसँग तुलना गरेका छन् । त्यसकारण इन्टरनेट दुव्र्यसनको कुनै एउटा खास उपचार पद्धति छैन ।

इन्टरनेट लत समस्याको उपचारको उद्देश्य यसलाई पूर्ण रूपमा मेटाउनु भन्ने होइन । बरु, यसको सट्टामा इन्टरनेट प्रयोगको सीमा र सन्तुलन सिर्जना गर्नु हो । यदि, कोही मानिस एक निश्चित खेलको एपको प्रयोग वा साइटको लतमा केन्द्रित देखिन्छ भने त्यो रोक्न सम्भव हुन सक्छ ।

इन्टरनेट दुव्र्यसनको उपचारका लागि व्यायाम पनि प्रभावकारी माध्यम हो । यसबाहेक समस्याको अवस्था हेरी आवश्यकताअनुसार कग्निटिभ बिहेवियर थेरापीजस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोगसमेत गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया