
हामीलाई थाहा छ, सफलता भनेको निरन्तरको यात्रा हो । कहिले कहीं आफू यो बिन्दुबाट अगाडी बढ्न सकिन, एकै ठाउँमा रहें भन्ने महसुस हुन्छ र यसैकारण कतिपय व्यक्ति निराशामा समेत जान्छन् ।
तपाईको जागिर कस्तो छ ? तपाई कुन पदमा रहेर काम गरिरहनु भएको छ ? तपाई अहिलेको पद भन्दा माथि जाने ठाउँ छ ? के तपाईले काममा नयाँ कुरा सिक्न पाइरहनुभएको छ ? यी प्रश्नको उत्तर खोज्नुहोस् । यदि यी प्रश्नको उत्तर नकारात्मक पाउनुहुन्छ भने अर्को काम खोज्नुहोस् । जुन कामबाट तपाई अगाडी बढ्न सक्नुहुन्छ, जुन कामलाई तपाईले आफ्नो भविष्यसँग जोड्न सक्नुहुन्छ, त्यो काम गर्नुहोस् ।
चुनौतीहरु आएनन् भने मान्छे अगाडी बड्न सक्दैन । त्यसैले चुनौतीहरुको सामना गर्नुहोस् । काम या पढाइमा चुनौती आएको छैन भने पनि आफैले चुनौती खडा गर्नुहोस् । सजिलो बाटो रोजेर कहि पनि पुग्दैन । आफ्नो योजनालाई हेर्नुहोस् । सजिलो बाटो रोजेर कहीं पनि पुगिदैन । आफ्नो योजनालाई हेर्नुहोस् । तपाइको योजना तथा लक्ष्य पूरा भए नभएको विचार गर्नुहोस् । त्यही अनुसार अबका लक्ष्य र योजना तय गर्नुहोस् ।
नयाँ कुरा सिक्न उत्सुक रहनुहोस् । नयाँ कुरासँग, समाचारहरुसँग अपडेट रहनुहोस् । आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुहोस् । आफ्नो दैनिकीमा शारीरिक अभ्यास, मनोरंजन, अध्ययनलाई समावेश गर्नुहोस् ।
आफ्नो कामसंग सम्बन्धित र आफूलाई अगाडी बढ्न सहयोग गर्न सक्ने मानिसहरुसँग सम्बन्ध बढाउनुहोस् । त्यस्ता मानिसहरुसँग नेटवर्क विस्तार गर्नुहोस् । सभा सेमिनारहरुमा सहभागी भएर सहभागीहरुसँग सम्बन्ध बढाउनुहोस् ।
सामाजिक संजालमा आफ्नो पढाइ, आफ्नो काम तथा सामाजिक घटनाक्रमसँग सम्बन्धित आफ्ना विचारहरु पोष्ट गर्नुहोस् । सामाजिक संजाललाई सामन्य कुराकानी भन्दा बढी विचारको आदानप्रदान, नयाँ कुराहरुको, नेटवर्क विस्तारको लागि प्रयोग गर्नुहोस् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु