
हामीलाई थाहा छ, सफलता भनेको निरन्तरको यात्रा हो । कहिले कहीं आफू यो बिन्दुबाट अगाडी बढ्न सकिन, एकै ठाउँमा रहें भन्ने महसुस हुन्छ र यसैकारण कतिपय व्यक्ति निराशामा समेत जान्छन् ।
तपाईको जागिर कस्तो छ ? तपाई कुन पदमा रहेर काम गरिरहनु भएको छ ? तपाई अहिलेको पद भन्दा माथि जाने ठाउँ छ ? के तपाईले काममा नयाँ कुरा सिक्न पाइरहनुभएको छ ? यी प्रश्नको उत्तर खोज्नुहोस् । यदि यी प्रश्नको उत्तर नकारात्मक पाउनुहुन्छ भने अर्को काम खोज्नुहोस् । जुन कामबाट तपाई अगाडी बढ्न सक्नुहुन्छ, जुन कामलाई तपाईले आफ्नो भविष्यसँग जोड्न सक्नुहुन्छ, त्यो काम गर्नुहोस् ।
चुनौतीहरु आएनन् भने मान्छे अगाडी बड्न सक्दैन । त्यसैले चुनौतीहरुको सामना गर्नुहोस् । काम या पढाइमा चुनौती आएको छैन भने पनि आफैले चुनौती खडा गर्नुहोस् । सजिलो बाटो रोजेर कहि पनि पुग्दैन । आफ्नो योजनालाई हेर्नुहोस् । सजिलो बाटो रोजेर कहीं पनि पुगिदैन । आफ्नो योजनालाई हेर्नुहोस् । तपाइको योजना तथा लक्ष्य पूरा भए नभएको विचार गर्नुहोस् । त्यही अनुसार अबका लक्ष्य र योजना तय गर्नुहोस् ।
नयाँ कुरा सिक्न उत्सुक रहनुहोस् । नयाँ कुरासँग, समाचारहरुसँग अपडेट रहनुहोस् । आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुहोस् । आफ्नो दैनिकीमा शारीरिक अभ्यास, मनोरंजन, अध्ययनलाई समावेश गर्नुहोस् ।
आफ्नो कामसंग सम्बन्धित र आफूलाई अगाडी बढ्न सहयोग गर्न सक्ने मानिसहरुसँग सम्बन्ध बढाउनुहोस् । त्यस्ता मानिसहरुसँग नेटवर्क विस्तार गर्नुहोस् । सभा सेमिनारहरुमा सहभागी भएर सहभागीहरुसँग सम्बन्ध बढाउनुहोस् ।
सामाजिक संजालमा आफ्नो पढाइ, आफ्नो काम तथा सामाजिक घटनाक्रमसँग सम्बन्धित आफ्ना विचारहरु पोष्ट गर्नुहोस् । सामाजिक संजाललाई सामन्य कुराकानी भन्दा बढी विचारको आदानप्रदान, नयाँ कुराहरुको, नेटवर्क विस्तारको लागि प्रयोग गर्नुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो