गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर सम्पर्कविहिन

नारीकोसिस डटकम/माघ ९, काठमाडौं । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् ।
नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका पुगेकी नेपाली उतै हराएकी हुन् ।
अमेरिका पुगेको केही समयसम्म भने मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमा रहेकी नेपाली पुसयता सम्पर्क विहिन भएको मेयर शाहीले जनाएका छन् ।
सामाजिक सञ्जाल मेसेन्जरमा फोन गर्दै नेपालीले आफू बिरामी भएका कारण फर्किन केही ढिला हुने बताएकी थिइन् ।
बिरामी भएको बताएकी नेपालीको अहिले फेसबुक एकाउन्ट समेत निष्क्रिय छ । नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेपालीले गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।
तपाईको प्रतिक्रिया