
नारीकोसिस डटकम/असार १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सिर्जनशील महिला समाजले आयोजना गरिएको डिप्रेसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त महिला समाजले महिलाहरुमा हुने गरेका डिप्रेसनको समस्याहरु तथा समधानको उपायहरु बारे चेतना फैलाउने उदेश्यले शनिबार टाइमलाइन स्कूल जोरपाटीमा आयोजना गरिएको सो कार्यक्रममा नगरपालिकाका वडा नम्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै डिप्रेसन सम्बन्धी कार्यक्रमहरु गर्नु आवश्यक रहेको र महिलाहरुलाई यस्ता कार्यक्रमले मानसिक समस्याका बारेमा ज्ञान हासिल गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुको प्रतिनिधी, स्थानीय महिलाहरुको उपस्थिती रहेको थियो । अतिथिहरुले आफ्नो भनाईहररु राखेका थिए भने प्रशिक्षक महालक्ष्मी आचार्य ले प्रशिक्षण दिनुभएको थियो ।
सिर्जनशील महिला समाजले महिला शसक्तिकरणमा जोड दिदैं उनीहरुलाई विभिन्न ज्ञानहरु प्रदान गर्नको लागि कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु