
सुनको पिजडामा
सुनौली चरी
बिस्तारै ढोका खोली
बाहिर निक्ली उड्न खोजी
उड्न सकिन
सुनौलो पखेटा
फट्फटाई मात्रै रही
सुनको बोझले थिचेछ बरै
उड्ने रहर मनमै राखी
अनि फेरि फर्कि
सुनौलो पिजडा मै
आफ्ना रहर चाहना
सबै मारी
त्यही सुनौलो पिजडामा
आफ्नो संसार बसाई,
बाहिरी संसारले देख्दा त
कति चम्किलो देखिन्थो
त्यो सुनको पिजडा,
सुनौलो दरवार जस्तै
अनि कति भाग्यमानी
त्यो सुनौलो पिजडाकी
सुनौली चरी
तर कसलाई थाहा
त्यो पिजडालाई सुनौलो
बनाउन कति सुनौला पङ्ख काटी
आफु भाग्यमानी बन्न
कति भाग्यलाई पर सारी
बिचरी त्यो सुनौलो
पिजडाकीसुनौली चरी !!!
सविता वस्नेत दानी
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु