
सफलताको लागि लगनशीलता र धैर्यताको आवश्यकता हुन्छ । लगनशीलता र धैर्यताको कमीले नै धेरै मानिसहरु आफूले सुरु गरेको काम बीचमै छोड्ने गर्छन् ।
आज देखेको सपना भोली उठ्नसाथ पूरा हुदैंन । नगनशील व्यक्तिले यो कुरालाई बुझेको हुन्छ ।
लगनशील व्यक्तिको काम छिटो सक्ने भन्दा काम राम्रोसँग सक्ने कुरालार्य ध्यान दिन्छ । उसले परिणामलाई होइन, गुणात्मकतालाई महत्व दिन्छ ।
लगनशील व्यक्ति धैर्यवान हुन्छ । उसलाई थाहा हुन्छ, अत्तालिएर मान्छे झन पछि धकेलिन सक्छ ।
हरेक कुराको सुक्ष्म अध्ययन गर्नु, आफूलाई अपडेट गरिराख्नु, केही नयाँ सिकीरहनु लगनशील व्यक्तिको गुण हो ।
लगनशील व्यक्तिले बाहना बनाउँदैन । उसले आफ्नो वातावरण या परिस्थितीलाई दोष दिएर बस्दैन । उ समस्यामा पनि अवसर देख्छ ।
लगनशील व्यक्तिले समयको महत्वलाई बुझेको हुन्छ र उसले आफ्नो कामलाई प्राथमिकतामा राखेको हुन्छ ।
धैर्यता र ढिलासुस्ती फरकपनलाई उसले बुझेको हुन्छ । उसलाई अवसरलाई गुमाउँदैन र चुनौतीको सामना गर्छ ।
लगनशील व्यक्ति अनुशासनमा रहन्छ र अरुलाई पनि अनुशासनमा रहन प्रेरित गर्छ । उ आवेगमा आउने नभई नम्र व्यवहारले नेतृत्व गर्नेमा विश्वास राख्छ ।
लगनशील व्यक्ति अनुशासनमा रहन्छ र अरुलाई पनि अनुशासनमा रहन प्रेरित गर्छ । उ आवेगमा आउने नभई नम्र व्यवहारले नेतृत्व गर्नेमा विश्वास राख्छ ।
लगनशील व्यक्तिले काम सानोबाट सुरु गर्छ, तर उसले पछि त्यही कामलाई ठूलो योजनाको रुपमा अगाडी बढाएर लैजान्छ ।
लगनशील व्यक्ति काम सानोबाट सुरु गर्छ, तर उसले पछि त्यही कामलाई ठूलो योजनाको रुपमा अगाडी बढाएर लैजान्छ ।
लगनशील व्यक्ति असफलतामा अत्तालिने र सफलतामा घमण्ड गर्ने गर्दैन । उसले सफलता भनेको एउटा समग्र यात्रा हो भन्ने बुझेको हुन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो