रिस नियन्त्रण उपायहरु

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
रिस नियन्त्रण उपायहरु

Share

नारीकोसिस डटकम । सामन्यतया सवै प्राणीलाई रिस उठ्छ । रिसलाई हामीले नियन्त्रण सकिएन भने रिस नियन्त्रण गर्न सकिएन भने यसले दुर्घटना निम्त्याउन सक्छ । त्यसैले रिसको आवेगमा गरिएको कामले पछुताउनु पर्छ । त्यसैल रिस नियन्त्रणका उपायहरू यस्ता छन्ः
रिस सबैलाई उठ्छ । रिस नियन्त्रण गर्न सकिएन भने यसले दुर्घटना निम्त्याउन सक्छ । रिसको आवेगमा गरिएको कामले पछुताउनु पर्छ । त्यसैल रिस नियन्त्रणका उपायहरू यस्ता छन् :

१.रिसलाई सिर्जनात्मक काममा प्रयोग गर्ने । जस्तै पेन्टिङ, गार्डेनमा रहने वा केही गीत, कविता रचना गर्ने । रिस उठ्नुको कारण र रिस उठाउनेको बारेमा कविता लेख्ने ।

२.जब रिस उठ्छ छिटो छिटो श्वास बढ्न थाल्छ । रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्दा रिस शान्त हुन्छ ।

३.तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ । रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मौन बसिदिने । चुपचाप भएको बेलो गलत या सही छुट्याउन समय पाईन्छ । आत्ममुल्याङ्कन गर्न पनि मौन बस्ने ।

४. आफूले मन परेका शब्द वा वाक्य खोजेर त्यसमा एकाग्र हुने कोसिस गर्दा राम्रो हुन्छ ।
५. रिस उठेको छ भने घाँटी तथा जिउ तन्काउदा राम्रो हुन्छ । कुनै योगको आसन गर्ने, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन् ।

६. संगीत कसलाई मनपर्देन र रु राम्रो गीत सुनियो भने मुड अन हुन्छ । रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने र आफ्नो भावना बहलाउने । मुड फ्रेस बनाउनको लागि आफुलाई कुन गीतले फ्रेस बनाउछ त्यहि गीत सुन्दा रिस छिनभरमै हराउन मद्दत गर्छ।
७. यदि रिस उठेको छ भने एक देखि सयसम्म गन्ने । रिसले चुर नै भएको छ भने एकदेखि एक हजारसम्म गन्ने । ती गन्ती गन्दा बिस्तारै रिस पनि कम हुदै जान्छ ।

८. व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ । हिँड्ने, बाइक चलाउने वा केही खेल खेल्ने । त्यसले शरीर र दिमागलाई राम्रो गर्छ ।

तपाईको प्रतिक्रिया