
नारीकोसिस डटकम/साउन १५, काठमाडौं । प्रतिनिधिसभा संसदको एउटा बैठक बस्दा ७ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ ।
प्रतिनिधिसभाको बैठकको पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत जोड्दा प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरुको एकमुष्ट रकम हो ।
यसमा सांसदहरुलाई उपलब्ध गराउने भक्ता समेच जोडिएको संघीय संसदका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए ।
बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्च कम हुने छैन ।
बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरी प्रत्येक सांसद २ हजार रुपैयाँ उपलब्ध गराइने गरिएको छ । बैठक अवरुद्ध हुँदा कार्यसूचीलाई मात्रै प्रभाव पार्ने संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।(अनलाइनखबर)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु