
-शिशु जन्मेको ३० देखी ६० मिनेटको अवधीमा सबैभन्दा बढी सक्रिय रहन्छ । त्यस बेला शिशुमा चुस्नेको शक्ति सबैभन्दा बढी हुन्छ ।
-जन्मे देखि ३ दिनसम्मको शिशुको पेट निकै सानो हुन्छ । सो अवधीको शिशुको पेटमा ५ देखी ७ एमएल मात्रै दुध अट्छ । त्यति दुध भएपुग्छ ।
-नवजात शिशुको शरीर दिनहुँ बढ्दै जान्छ । त्यसैले ३ देखी १० दिन बीचको शिशुको पेटमा २२ देखी २७ एमएल दुध अट्छ । र त्यति मात्रामा स्तनपान गराए पुग्छ ।
-१० दिनको शिशुको पेट केही ठूलो भइसकेको हुन्छ । त्यसैले उसको पेटमा ६० देखि ८१ एमएलसम्म दुध अटछ् । आमाहरुले सोही अनुसार स्तनपान गराउनुपर्छ ।
-एक पटक स्तनपान गराउँदा १५ देखी २० मिनेट समय दिनुपर्छ । सो अवधीमा पर्याप्त दुध पाएको शिशु अघाइसकेको हुन्छ र विस्तारै चुस्न समेत छोड्छ ।
-शिशुले दुध चुस्दा आमाको स्तनबाट सुरुमा पातलो दुध निस्कन्छ । जसले तिर्खा मेट्ने काम गर्छ । विस्तारै बाक्लो दुध आउन थाल्छ र त्यसले भोक मेटने काम गर्छ ।
-नवजात शिशुलाई सकेसम्म दुई – दुई घण्टामा दुध खुवाउनु राम्रो मानिन्छ । नत्र तीन घण्टाको फरकमा त खुवाउनै पर्छ । रातीको समयमा पनि आमाहरुले दुई तीन घण्टाको फरकमा बच्चालाई दुध चुसाउनुपर्छ ।
-छिटो स्तनपान गराउँदा यसको सफलतादर बढी हुन्छ । सुरुमा स्तनबाट निस्कने बेगुती दुध पहेलो रङको जसलाई कोलोस्ट्रम भनिन्छ , यसको सेवनले शिशुलाई संक्रमण हुनबाट बचाउछ । त्यस्तै रोग प्रतिरोध क्षमता बढाउन पनि मद्धत गर्छ ।
-स्तनपान तत्काल सुरु गर्दा शिशुलाई मात्रै होइन आमालाई पनि फाइदा हुन्छ । सुत्केरी हुँदा हुनसक्ने अधिक रक्तश्राव तथा स्तन सुन्निन सक्ने सम्भावना कम हुन्छ । त्यसैले पनि सकेसम्म छिटो अर्थात एक घण्टा भित्र नै स्तनपान गराउन राम्रो मानिन्छ ।
-आफ्नो सन्तानलाई जन्मेदेखि कम्तीमा छ महिनासम्म एक्सक्लुसिभ ब्रेस फिडिङ अर्थात आमाको दुध मात्रै खुवाउनु पर्छ ।
-किनकी आमाको दुध शिशुको लागि सुपाच्य हुन्छ जसले पेटमा हुनसक्ने गडबडी समेत रोक्छ । आमाको दुधले बच्चाको रोग प्रतिरोधी समस्या समेत बढाउछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु