टाइमलाइन स्कुलको दुई दिने “अभिभावक दिवस २०७६” भव्यताका साथ सम्पन्न

नारीकोसिस डटकम /माघ २६, काठमाण्डौं । टाइमलाइन स्कुलको दुई दिने “अभिभावक दिवस २०७६ “भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार र शनिबार गोकणेश्वर नगरपालिका वडा नम्बर ५,नयाँबस्ती जोरपाटी अवस्थित विद्यालयको आफ्नै प्रांगणमा सम्पन्न भएको हो ।
टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालले विद्यालयले विद्यार्थीहरुलाई बर्षभरी विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरुमा समाबेश गराईरहने हुँदा उक्त क्रियाकलापलाई आफना अभिभावकले पनि प्रत्यक्ष हेरी मूल्यांकन गर्न सक्नुहोस भन्ने उदेश्यले दुई दिने अभिभावक दिवस आयोजना गरिएको बताउनुभयो ।
उक्त अभिभावक दिवस कार्यक्रममा पहिलो दिन क्षेत्र नः३ का प्रदेश सांसद छिरिङ दोर्जे लामा दिन त्यसै क्षेत्रका संङघीय सांसद कृष्ण राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा प्रमुख अतिथिहरुले टाइमलाइन स्कुलले छोटो समयमा नै नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको कुरा अवगत गराउँदै आगामी दिनमा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षाबाट उत्प्रेरित गर्दै उनीहरुलाई स्वदेशमै आत्मा निर्भरताको पाठ सिकाउँन विद्यालयलाई जोड दिएका थिए।
विद्यालयका प्रिन्सिपल राम प्रसाद बडालले विद्यार्थीको बौद्धिक विकास सँग सँगै उनीहरुको चौतर्फी विकास होस भन्ने हेतुले सम्पूर्ण विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समाबेस गराउन दुई दिने अभिभावक दिवस सम्पन्न गरिएको बताउनु भयो ।
दुई दिने उक्त अभिभावक दिवस कार्यक्रममा राष्ट्रब्यापी तेक्वान्दो प्रतियोगीतामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान गरिएको साथै प्रिन्सिपल राम प्रसाद बडाल द्धारा लिखित “नानीबाबु हसिला” गितको भिडियो सार्वजानिक पनि गरिएको थियो ।
विद्यार्थीहरुले सन्देशमूलक गीत, नृत्य तथा नाटक जस्ता प्रस्तुतिहरु देखाएका थिए । कार्यक्रममा विद्यालय आयोजकका विशेष व्यक्तिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए भने अभिभावकहरुले पनि उत्साहाजनक उपस्थिति जनाएका थिए ।
तपाईको प्रतिक्रिया