
नारीकोसिस डटकम । खुट्टाको कुर्कुच्चा फुट्ने प्राय साझा समस्या नै हो। सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ।
छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।
यस समस्यालाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ।
१. यसको लागि चाहिने सामग्रीस् पानी, कागती, नुन, ग्लिसिरिन र भ्यास्लिन।
२. बनाउने विधिः आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछि यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने।
३. प्रयोग गर्ने विधि: हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५–१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ। करिब ५–१० मिनेट स्क्रब गरेपछि सफा कपडाले यसलाई पुछ्नुहोस्।
४. स्क्रब गरेर राम्ररी पुछेपछि यो भागमा भ्यास्लिन लगाउनुहोस्। यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्। बिहान उठेर खुट्टालाई राम्रो सँग धुनुहोस्। लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा पूर्णरुपमा निको नभएपनि कम गर्न मद्दत गर्नेछ । ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु