
नारीकोसिस डटकम/साउन २७, कैलाली । वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत एक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय, वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । विष्टका अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु