
नयाँदिल्ली– दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।
आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् ।
उद्धार गरिएका अधिकांश किशोरीहरुले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । तर दुई जनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।
उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ । (एएनआई)
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु