
१.क्यान्सरबाट बचाउँछ :
भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
२.हड्डी बलियो :
भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा मद्दत गर्दछ ।
३.मधुमेह रोगको लागि लाभदायक :
भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु फाइदाजनक हुन्छ ।
४.रोग प्रतिरोधी क्षमता बढाउन :
भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।
५.अनुहारमा चमकदार :
भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।
६.पाचन क्रियाको सन्तुलन :
भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग पचाउँछ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु