
टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुनसक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ ।
प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ । पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । बच्चा जन्माउने लगायत महिलाले पाउने दोहोरो जिम्मेवारीका कारण या हर्मोनका कारण पनि उनीहरुको बढी टाउको दुख्ने हुन सक्छ । यति मात्रै नभएर टाउको दुख्ने अरु कारण पनि छन् ।
यस्ता छन् अन्य कारणहरु
१.चिन्ताः अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो (चिन्ता) टेन्सनका कारणले हो ।
२.माइग्रेनः माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
३.पाचनमा समस्याः कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।
४.बोझः यदि तपाईले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।
५.हर्मोनः टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।
६.एलर्जीः कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु