
विद्यालयमा सामान्य विद्यार्थी र शारीरिक रुपमा अशक्त भएरपनि महान बैज्ञानिक स्टिफन हकिङ पुरै युग हाँक्ने बैज्ञानिक थिए । उनको पढाई लेखाई कतिपनि राम्रो थिएन ।
त्यही कारण उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, उनै स्टीफन हकिंग पछि प्रशिद्ध वैज्ञानिक बने । यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं जुन तपाईको जीवनका लागि उपयोगी बन्न सक्छन् ।
– कुनै नौलो कुरा जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक बन्नुस् ।
– हामीले हाँसो ठट्टा गरेनौं भने साच्चिकै जीवन सारै दु :खद
हुनेछ ।
– उद्देश्य बिनाको तपाईको जीवन शुन्य हुनेछ ।
– जीवनमा आउने कठिनाईहरुले नै तपाइलाई सफलता प्राप्त गर्न उर्जा दिन्छ ।
– तपाई पैतलालाई होइन तारालाई हेर्नुस् ।
– तपाई सपाङग हो या अपाङ्ग, त्यो तपाईको गल्ती होइन । बरु तपाईभित्र सकारात्मक उर्जा र विचार नहुनुचाहीं तपाईको गल्ती हो ।
– गल्ती भयो भनेर निरास नबन्नुस्, बिना गल्ती यो धर्तीमा कोही रहनै सक्दैन ।
– म स्कुल पढ्दा कक्षामा सबैभन्दा पढ्न नसक्ने विद्यार्थी थिएँ । मेरो पढाई लेखाइले मेरा गुरुहरुलाई एकदमै निरास तुल्याउँथ्यो । तर, मेरा साथीहरुले मलाई सँधै आइस्टाइनको नामले बोलाउँथे, सायद त्यो नै मेरो जीवनको उत्कृष्ट संकेत थियो ।
– जो मान्छे आफ्नो बुद्धिको विषयमा नचाहिने घमण्ड गर्छ, ऊ हारेको व्यक्ति हो ।
– लोभ र मूर्खताले तपाई स्वंमलाई नष्ट गर्ने खतरा रहन्छ ।
– म राम्रो विद्यार्थी थिइन त्यसैले कलेजमा धेरै समय बिताउँन सक्दैन थिएँ । तर, म स्वंयमा रमाउनमै व्यस्त थिएँ ।
– म बच्चा हुँ, र कहिल्यै ठूलो हुँदिन । किनकी म अहिले पनि कसरी, किन भन्ने प्रश्न बारम्बार गरिरहेको हुन्छु ।
– यो कुरा याद राख्नुस् की विज्ञान केवल तर्कको अनुयायी मात्र होइन, रोमान्स र उत्साह पनि हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु