
नारीकोसिस डटकम/हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल गोसाईकुण्ड रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत लाङ्टाङ् राष्ट्रिञ्य निकुञ्ज क्षेत्रमा पर्छ। यस कुण्डको सिर्जना भगवान शिवले गरेको पौराणिक कथनहरुले बताउँछन्।
समुन्द्र सतहदेखि ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यहाँ १०८ वटा कुण्डहरु रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ ।
यहाँको रमणीय प्राकृतिक दृश्य र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ ।
काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ ।
तर अहिले धेरैजसो यात्रीहरू नुवाकोट त्रिशूली हुँदै रसुवा धुन्चे बाट जान्छन् ।
त्रिशूली नदिको उद्गम स्थलको रुपमा रहेको यस कुण्डमा जेठ र असार महिनामा दसहरा मेला र साउन भदौमा पर्ने जनै पुर्णिमामा भव्य मेला लाग्छ। धार्मिक तथा प्राकृतिक पर्यटनका लागि प्रख्यात यस क्षेत्रको बर्षेनी हजारौ आन्तरिक तथा वाह्य पर्यटक र धार्मिक आस्था राख्ने व्यक्तिहरुले भ्रमण गर्दछन्।
हेर्नुहोस् ३३ तस्विरमा रमणीय प्राकृतिक दृश्य……











































समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु