
नारी कोसिस डटकम/ माघ ७, काठमाडौ । श्रीमतीसँग डिभोर्सलगत्तै सञ्चारकर्मी रवि लामिछाने विवाह वन्धनमा बाँधिएका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कानुुनी विवाह गरेका हुन् । सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको सार्वजनिक गरेका हुन् ।
उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् । उनले केही महिना अगाडि इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए ।
निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी छन् । निकिता पनि डिभोर्सी हुन् ।
रवि लामिछानेको फेसबुक वालमा लेखिएको स्टाटस अशं:
“ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु