
दसैंमा धेरै मानिसहरू मासुजन्य परिकारको बढी उपभोग गर्ने गर्छन् । तर, दसैंमा शाकाहारीहरू दैनिक रूपमा खाने गरेको अन्य तरकारीहरुलाई भिन्न तरिकाले पकाएर सेवन गर्न सक्छन् ।
आलु सबैको भान्सामा सजिलै पाउने गरेको तरकारी हो । र, यो अधिकांश मानिसहरूलाई एकदम मन पनि पर्छ । सधै एकै प्रकारको आलुको परिकार खाँदा खाँदा वाक्क भइसकेको हुइन्छ । सधैँ पकाउँदै आएको आलुलाई अलिकति मिहिनेत र आइडिया लगाएर घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ । त्यसैले यसपटकको दसैंमा आलुलाई दहीसंग मिसाएर भिन्न ‘परिकार’ पकाउने केही विधिहरू प्रस्तुत गरिएको छ ।
चाहिने सामग्री– आवश्यताअनुसार सानो–सानो आकारको उसिनेको आलु, दुई ओटा काटेको टमाटर, हिंग सानो चम्चा, दुई चम्चा तेल, जीरा एक चम्चा, धनियाँ एक चम्चा, काटिएको एउटा प्याज, बेसार, स्वादअनुसार नुन, खुर्सानीको पाउडर, सर्स्युका दना एक चम्चा, एक आवश्यकताअनुसार, एक कचौरा दही, काटिएको धनियाँ पत्ता, जीरा र धनियाँको मसला, लसुन अदूवाको पेस्ट ।
बनाउने विधि– एउटा कराई ग्यासमा बसालेर तेल तताउने, तेल तातिसकेपछि बोक्रा छोडाइएको सिङ्गै आलु हालेर ५ मिनेटसम्म पकाउनुपर्छ । त्यस्तै अर्को एक भाँडामा अलिकति तेल तताएर, सर्स्यूँका दाना र जीरा पड्काएर प्याज हालेर भुट्ने । प्याज भुटेपछि त्यसमा टमाटर बेसार, हिंग, नुन, खुर्सानी, लसुन अदूवाको पेस्ट, जीरा र धनियाँको मसला हालेर मज्जाले मिसाउनुस् । तेल र मसला एक आपसमा छुट्टिएपछि दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुहोस् ।
पाकेपछि त्यसमा पहिले पकाएको आलु हालेर दुई मिनेट थप पकाउनुहोस् । दुई मिनेट छोपेपछि दही आलु खानका लागि तयार भयो । अब त्यसमा केही धनियाँका पात राखेर भात.रोटी तथा पुरीसंग खान सकिन्छ













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु