कपालमा चाया हुन नदिन निम्न कुराहरुमा ध्यान दिनुहोस्

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
कपालमा चाया हुन नदिन  निम्न कुराहरुमा ध्यान दिनुहोस्

Share

नारीकोसिस डटकम । चायाँ छला सम्बन्धी एक प्रकारको समस्या हो । अत्याधिक चायाँका कारण वाहिरी शुन्दरमा समेत अवरोध गर्दछ । चायाँ मानिसको टाउकोमा मात्र नभइ कतिपयको अनुहार , हात ,खुट्टामा पनि पर्ने गरेको पाइन्छ । तर विशेष गरी जाडो महिनामा टाउकोमा बढी हुने गर्दछ । कपालका जराहरू बढी सुख्खा भएपछि त्यहाँ भएका तेलग्रन्थि बढी सक्रिय भएर “सेवम्” नामक तेलीय प्रदार्थको निर्माण गर्दछ । जसको कारणले गर्दा चायाँ हुन्छ । छालारोग विशेषज्ञहरूका अनुसार माडो साजिला यास् नामक जीवाणुको समूहको कारण चाया पर्दछ । चायाँका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ। धेरै चिलाउने समस्या भयो भने घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछन्। त्यसो त चायालाई कसरी हटाउने त ?

यस समस्या कम गर्न निम्न उपायहरु अपनाउन सकिन्छ । जसले केही हदसम्म नियतन्त्रण गर्न सकिन्छ

चायाँ हटाउन निम्न कुराहरु ध्यानदिनुहोस्

– नियमित कपाल कोर्ने ।

– जथाभावी स्याम्पु प्रयोग नगर्ने

– अरुले प्रयोग गरेका ब्रस, तकिया, काईयो , सिरानी सकेसम्म प्रयोग नगर्ने,

– दिउँसो वाहिर निस्किदा कपाल छोप्ने,

– एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ,

– एक कप दहीमा एउटा कागतीको रस मिसाएर कपालको जरामा मालिस गर्ने । यसको प्रयोगले पनि लाभदायक मानिन्छ ,

– कपालको सफाइमा पूरा ध्यान दिने,

– नुहाउनुभन्दा एक घन्टाअगाडि सधैं कागतीको रसले टाउकोमा मालिस गर्ने । त्यसपछि नुहाउने । यस प्रयोगले पनि चाया हटाउन धेरै मद्दत मिल्छ

तपाईको प्रतिक्रिया