
नारीकोसिस डटकम/कात्तिक ७, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गरेको छ ।
कात्तिक १ गते शुक्रबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले प्रदेश नम्बर १ बाहेकका अन्य ६ प्रदेशले स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी र सदस्यहरुले मासिक रुपमा लिँदै आएको तलब भत्ता असंवैधानिक भएको ठहर गरेको हो।
‘प्रदेश सभाले बनाएका सेवा सुविधासम्बन्धी ऐनका प्रावधान संविधानको धारा २२० को (८) र धारा २२७ सँग बाझिएको हुनाले प्रदेश १ बाहेक ६ वटै प्रदेशले बनाएका सुविधासम्बन्धी ऐनका सबै अनुसूची सर्वोच्चले वदर गरेको वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्र कान्त ज्ञवालीले नारीकोसिसलाई जानकारी दिनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिले खाईराखेको तलवहरु अस्तीको फैसलाले खारेज गरेको छ,उहाँले भन्नुभयो “खारेज कसरी गर्यो भन्दा पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि लिने व्यवस्था संघका सम्पूर्ण मन्त्रीहरु सरकार र संसद, सभामुख, त्यसभित्रका समितिहरुलाई पारिश्रमिक दिने गरी संविधानमा परिकल्पना छ । त्यस्तै प्रादेशिक तहमा पनि सरकार संसद र त्यहाँ भित्रका सम्पूर्ण निकायहरुमा पारिश्रमिक तथा सेवा सुविधा दिने संविधानमा परिकल्पना थियो र छ पनि । तर त्यो बमोजिम स्थानीय तहमा रहेन । पारिश्रमिक तथा तलवभत्ता सेवा सुविधा सम्बन्धी कानुन प्रदेशिक सरकारले ल्याउने त्यसपछि संसदले बनाउन भन्ने व्यवस्था थियो । तर प्रादेशिक संसदहरुले के गर्यो भन्दा संविधान भन्दा वाहिर गएर स्थानीय तहका जनप्रतिधिहरुको सेवा सुविधा सम्बन्धी कानु ल्याउनुपर्नेमा सेवा सुविधाकै नाममा तलव दिने गरी ऐन बनाउनुभएछ । त्यो कानुन संविधानको धारा २२० को (८) र धारा २२७ सँग बाझियो भनेर रिट पर्यो। सर्वोच्चले गरेको त्यस रिटमाथि विस्तृत छलफल पश्चात असंवैधानिक भयो भनि ठहर गर्यो ।”
अधिवक्ता लोकेन्द्रबहादुर ओलीले २०७६ भदौ १ गते प्रदेश १ बाहेक ६ वटै प्रदेशले बनाएका सुविधासम्बन्धी ऐनका प्रावधान संविधानको धारा २२० को (८) र धारा २२७ सँग बाझिए भन्दै सर्वोच्चमा दायर गरेको रिटमा मासिक रुपमा लिने गरेको सुविधा बदर गर्न माग गरिएको थियो ।
विस्तृत समाचारको लागि तलको भिडियोमा क्लिक गर्नुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो