
एजेन्सी । एक कर अधिकृत महिलालाई उनकै कार्यालयभित्र जलाएर हत्या गरिएको छ ।
आगोले जलेपछि उनी कोठाबाट बाहिर आएको र बचाउका लागि गुहारेको भिडियो समेत बाहिरिएको छ ।
बचाउन पुगेका केही व्यक्ति घाइते भए । हेर्दा हेर्दै जलेर उनको घटनास्थलमै मृत्यु भयो ।
सोमबार भारतको तेलंगना राज्यमा भएको घटनामा कर अधिकृत विजया रेड्डीलाई जलाएर हत्या गरिएको घटना हो यो ।
उनलाई बचाउन पुगेका एकजना कर्मचारीको समेत उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।
रेड्डीलाई कोठाभित्रै आगो लगाइएको थियो । उनी ढोका खोलेर निस्कन सफल भएपनि आगो फैलिइसकेकोले उनलाई बचाउने प्रयास असफल भयो ।
आगो लगाइनु अघि रेड्डी एकजना व्यक्तिसँग भेटिरहेकी थिइन् ।
सुरेश नामका ती व्यक्तिले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
सुरेश पनि घाइते छन् । रेड्डी र सुरेशको परिवारबीच सम्पत्तिको विषयमा अदालतमा मुद्दा चलिरहेको थियो । सोही दिन पनि रेड्डी अदालतमा यसै विषयबारेको सुनुवाईबाट फर्किएकी थिइन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु