म तिम्री यशोधा

कोशिस मल्टिमेडिया
२ वर्ष पहिले
म तिम्री यशोधा

तिमीलाई याद छ, तिमीलाई तिम्रो स्कूलको पहिलो दिन रु छैन है १ कसरी याद होस तिमीलाई । तिमी कति सानो थियौ, यत्ति सानो, धेरै नै सानो । मेरो एउटै हातमा अट्ने, पुन्टुरे । तिमी मेरो काख भरीको त थियौ। सानासाना हात, साना, गोला ( गोला आँखा, हिस्सि परेको अनुहार । आहा १ कति प्यारो, मीठो तोते बोली । त्यो तोते बोलिले कहिले मलाई म्याम भन्थेउ, कहिले मिस, मामु, कहिले भाउजु, कहिले माइजू ,कहिले दिदी, कहिले आन्टि । तिमीले भए भरको सबै नाता मैमा खोज्दथौ।

विहान आफ्नी जन्मदाता सँग छुट्दा तिमी दुखि हुन्थ्यौ, तर एकै छिन । तिम्रा ती सुन्दर नयनबाट मोती पनि झारथ्यौ तर एकै छिनको लागि, मात्रै केही पलको लागि मात्रै । रुदै रुदै मलाई देख्ने बित्तिकै हात दिन्थ्यौ । मेरो काखमा आउने बित्तिकै शान्त हुन्थ्यौ । हुन त तिमी सधै यस्तै कहाँ ज्ञानी हुन्छौं र १ कहिले काहीँ त तिमी यति उग्र हुन्थ्यौ नि आफ्नी जन्मदाता छोड्ने बेलामा १ बा बा के कुरा गर्नु, कति झापड लात खाएकी छु, मैले तिम्रो, कहिले काहिँ त कपाल समातेर यस्तरी भुताल्छौ नि, तोरी कै फूल देखाइ दिन्छौ ।

एक दिन त के भएछ तिमीलाई खै कुनी, मेरो कान कै लोती चुडिएला जस्तो गरि लुछ्यौ नि। कति चोटि त मेरो नयाँ कपडा मै वान्ता, सु(सु गर्दिन्थ्यौ । के गर्नु, फेरि घर गएर कपडा फेरेर आउ भने तिमीलाई छोडेर हिड्न कहाँ मिल्यो र त्यहि कपडा पुछ्पाछ गरेर बस्यो । खेर, जे जसरी ‍भए पनि तिमीलाई पनि म सँग समय बिताउन रमाइलो लाग्थ्यो मिठो तोते बोलीमा गुन्थुङ् गुन्थुङ बात मार्थ्यौ । घरमा भएका तिम्रा बाबा आमाका अन्तरंग कुरा देखि, मामाघर, फूपुको घर देखी र तिम्रा सपनाका कुराहरु ।

आहा १ रमाइलो हुन्थ्यो है। तिमीलाई सधै मेरै नजिक बस्न मन लाग्थ्यो, अरु साथिहरुलाई पन्छाएर मेरो नजिक हुन पाउँदा कति खुसि हुन्थ्यौ । अनि याद छ तिमीलाई रु तिमी र म मिलेर पहिलो चोटि ब्, क, १ लेख्दा हामी कति खुसि भएका थियौ हामीले कति मेहनेत गरेर तिम्रो पहिलो अक्षरको आकार दिएका थियौ है । तिमीलाई अक्षरको आकार ल्याउन धेरै गार्‍हो भाको थियो नलेख्ने त कहाँ हो र तिमी सिकाएको कुरा धेरैजसो तिमीले टिपी हाल्थ्यौ तर के गर्नु कहिले काहीँ कति अल्छी गरथ्यौ नि सब‌ै कुरा तिम्रो मुडमा भर पर्ने । तिम्रो ममिको सधै गुनासो हुन्थ्यो आज उसले घरमा राम्रोसँग ‌खाना खाको छैन खुवाइ दिनु है।

तिमीलाई घरमा मात्रै कहाँ हो र स्कुलमा पनि खुवाउन तेतिकै गार्‍हो छ नि । जाउल‍ो भात नखाने रे, मः मः पिज्जा खाने रे, शुरु शुरुमा तिमीलाई स्कुलको खाना खुवाउनको लागि कति डुलाउनु पर्थ्यो, कहिले बाहिर, कहिले चौरमा, कहिले कता, कहिले कता । यति गर्दा नि कहाँ खान्थ्यौ र । तिमी कहिले काहीँ त समातेर बल जबर्जस्ती खुवाउनु पर्थ्यो । त्यसरी भए पनि मैले तिम्रो पेट भरि दिन्थे । के गर्नु म पनि त तिम्री आमा नै हुँ तिमी भोकै बसेको कसरी हेर्न सक्ने थिए र रु कति रमाइला थिए है, ती दिनहरु । एक दिन त तिमीले मेरो लागी घरबाट के कोशेली ल्याइ दिएकी थियौ थाहा छ रु हा।। हा।। घिउको बट्टै १ कति निश्चल, कति निर्दोषि, कति निस्वार्थ, तिम्रा ती भावनाहरु ।

संसारमा सबै भन्दा बिश्वासिलो पात्र म नै त थिए तिम्रो लागि । मेरो दिन तिम्रो पनि दिन, मेरो रात तिम्रो पनि रात हुन्थ्यो । यदि सेतोलाई मैले भुलबस कालो भनिदिए भने तिम्रा लागी त्यो कालो नै हुन्थ्यो । कसैले भनेको हुदैन थियो तिम्रो बाबा मामु या जो कोहि कसैले भनेको सहि हुदैन थियो । मेरो म्यामले भनेको यो कालो हो बस । कति बिश्वास, जन्मदाताको भन्दा पनि बढि।

तिमी मायालु मात्रै पनि कहाँ थियौ र रु कहिले काही त तिमीले मेरो चित्त पनि दुखाइ दिन्थ्यौ । तिमीलाई कुनै दिन स्कुल आउन अल्छी लाग्यो भने स्कुल जान्न म्यामले पिट्नु हुन्छ भनी दिन्थ्यौ। मैले लेख्न पढ्न सिकाउदा अलि ठुलो स्वर गरेर लेख्न कर गरे भने घरमा गएर मैले तिमीलाई पिट्छु भनेर कुरा लगाइ दिन्थ्यौ। अनि हामी दुबै आमा दुखि हुन्थ्यौ । आफ्नो मुटुको टुक्राले पिटाई खानु पर्दाको पिडा उहाँलाई, आफुले आफ्नो सन्तानलाई भन्दा पनि बढी समय दिएर माया गर्दा पनि आएको अपजसले म पनि दुखी हुन्थे। कहिले काँही त लाग्थ्यो, मैले सधै तिमिलाई माया मात्रै गर्नु पर्नेरु के तिमी मेरो माया प्रेमको मात्रै भागीदार हौरु तिम्रो गल्तीमा मैले तिमीलाई सानातिना सजाय दिने अधिकार छैनरु तिमी मेरो जिवनको कृष्ण हौ भने म किन तिम्रो जिवनको यशोधा हुन सक्दिन रु

भैगो छाड यि सब कुरा, अब त तिमी हुर्केसकेका छौ । ठुलो कक्षामा पुगेका छौ । अब तिमी आफै आफुलाई समाल्न सक्ने भैसकेको छौ । अब मैले तिम्रा हात समातेर अक्षरहरुको आकार कोरी दिनु पर्दैन। अब तिमीलाई मेरो कुर्थाको फेर समातेर पछि पछि लाग्न पर्ने अबस्था छैन । देख्छु तिमीलाई, स्कुलमा तिमी यताउता गर्दा । अहिले पनि तिम्रा आँखामा उस्तै तेज छ, अनुहारमा उस्तै निर्दोषीपन छ । हेर्छौ तिमी पनी मलाई, ती चन्चले आँखा अहिले पनि उसै गरी हाँस्छ, अनि लजाएर मुसुक्क हास्छौ, तिमी मलाई देखेर । यसरी तिमी हाँस्दा मेरो मुटु पग्लिन्छ फेरी एक चोटी तिमीलाई यो काखमा राखेर उसै गरी माया गर्न मन लाग्छ तर अब त तिमी ठुलो भैसक्यौ ।

अब म बिस्तारै तिम्रो मानसपटलबाट हराउदै जान्छु, तिमीलाई बिस्तारै मेरो नाम सम्म पनि याद रहदैन अब है।।।।।।।। तर केही छैन तिमीले मलाई भूले पनि म खुसि छु, म सधै तिमी सँगै रहने छु, तिमीले लेखेका ठूला ठूला लेखहरुको अक्षर अक्षरमा जुन मैले तिम्रा साना कलिला हातहरु समातेर सिकाएको थिए । तिमीले बोल्ने ती भाषणहरुको शब्द शब्दमा, जुन मैले तिमीलाई रटाई रटाई उच्चारण गर्न सिकाएकी थिए। तिम्रा ति हरेक कृयाकलापमा म सधै तिम्रो सारथी भएर रहने छु। तिम्रा ती मानसपटलमा सधै कृष्णको यशोधा बनेर रहने छु, हो, म सधै तिम्री आमा बनेर रहने छु।

तपाईको प्रतिक्रिया