
एजेन्सी । छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।
घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।
चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’
चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु