
नारीकोसिस डटकम कात्तिक २७, बर्दिया । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताउनुभएको छ ।
स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।”
उहाँले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह र प्रदेशलाई बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
खानेपानी अभाव भएको गाउँ, नगरमा खानेपानीको व्यवस्था गरी समस्या सामाधान गर्न कर्मचारीलाई सक्रियपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिनुभयो ।
खानेपानीको लागि उपभोक्ता पनि सक्रिय हुनुपर्ने मन्त्री मगरको भनाइ छ । कार्यक्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्य तिलक शर्माले गरीबका लागि सार्वजनिक खानेपानी टोलटोलमा पु¥याउन आवश्यकता रहेको बताउनुभयो।
सङ्घीय सांसद तुलसी थापा र विमला विक तथा प्रदेशसभा सदस्य कुलप्रसाद केसी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले पनि खानेपानीको समस्या समाधानका विषयमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा स्थानीय उपभोक्ताले वर्षौंदेखि आफूहरुले खानेपानीको समस्या झेल्दै आएको बताउँदै यसको समाधानका लागि खानेपानीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरे । रासस













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु