
नारीकोसिस डटकम/मंसिर १, काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूचीमा सूर्य नेपाल परेको छ । आन्तरिका राजश्व विभागले आइतवार सार्वजनिक गरेको क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूचीमा सवैभन्दा कर तिर्ने दाताको रुपमा सूर्य नेपाल परेको हो ।
सूचीको पहिलो नम्बरमा सूर्य नेपाल परेको छ भने निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल छ। त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।
आठौं कर दिवसको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कर तिर्ने १५ करदातालाई सम्मान गर्नुभएको थियो।
सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ।
यी हुन् धेरै कर तिर्ने व्यक्ति तथा संस्थाः
सबैभन्दा धेरै कर तिर्ने करदाताः रवी केसी सूर्य नेपाल
निर्यातकर्ता आयकरः पंकज बजाज, डाबर नेपाल
उद्योग ९मदिरा र चुरोट बाहेक०स् जगदम्बा, सुलभ अग्रवाल
कृषितर्फः अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
लघुवित्तः छिमेकी लघुवित्त
बैंकः राष्ट्रिय वाणिज्य बैंक, किरणकुमार श्रेष्ठ
बीमाः नेपाल लाईफ, विवेक झा
स्वास्थ्य शिक्षाः मणिपाल मेडिकल कलेज
सूचना प्रविधिः वल्र्डलिंक, दिलिप अग्रवाल
व्यापारः अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
पर्यटनः हायात, सुरेशलाल श्रेष्ठ
मध्यम करदाताः कामना सेवा विकास बैंक, हरिप्रसाद
आन्तरिक कार्यालय तर्फः भिएस मोरिसस
व्यक्तिगतः सिध्दार्थ शमशेर जबरा
भ्याटः घोराही सिमेन्ट, संजय बंसल













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु