
नारीकोसिस डटकम/मंसिर । काठमाडौं । विहानै फेसबुकमा एउटा अनौठा सूचना आयो । सूचना थियो सुनसरी जिल्लाको कोशी गाँउपालिकाको । सूचनामा लेखिएको थियो भूमिहीन, सुुुकुम्बासी र धेरै छोरीहरू भएर बिबाह गर्न नसक्ने परिवारलाई गाउँपालिका आफैले निःशुल्क समूहिक विवाह गरीदिने ।
खास कुरो के रहेछ भनेर बुझ्दा त्यस गाँउपालिकाले आफ्नो नीति तथा कार्यक्रम मै आफैं बिबाह गर्न नसक्ने विपन्न परिवारका जोडीलाई सामुहिक बिबाह गरिदिने निर्णय गरेको रहेछ ।
गाउँपालिकाका अध्यक्ष ऐयु्व अन्सारीले टेलिफोन कुराकानीमा बताउनुभयो, ‘मान्छेले जीवनमा एक पटक बिबाह गर्छ तर सबैले राम्रोसँग बिबाह गर्न सक्नुहुन्न उहाँहरूलाई लक्षित गरेर गाँउपालिकाले नसक्ने जोडीको बिबाह गर्न लागेका हौं’ अध्यक्ष अन्सारीले भन्नुभयो ।
गाउँपालिकाले यो आर्थिक बर्षमा १५ लाख रुपियाँ बजेट छुट्टाएर सूचना समेत जारी गरेको छ । गाउँपालिकाले सूचनामा मङ्सिर १७ गतेभित्र नजिकैको बडा कार्यालयमा पुगेर बिबाहको लागि निवेदन दिन गाँउपालिकाबासीमा अनुरोध गरेको छ । गोरखपत्र दैनिकबाट ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु