
नारीकोसिस डटकम । डन्डिफोर प्राकृतिक रुपमा उमेर अनुसार सवैलाई आउछ । फरक यत्ति हो कि कसैलाई धेरै आउछ भने कसैलाई थोरै आउछ । प्राकृतिक रुपमा आएको डण्डिफोरलाई कम गर्न हामीले नियमित विहान उठेपछि र सुत्ने वेला फेसवास र क्लिन्जिङले राम्रोसँग फेसलाई सफा गर्नेगर्नुपर्छ । जुन पायो त्यही क्रिमले मेकअप प्रयोग नगर्ने । किनभने मेकअपमा हुने गल्तीका कारण पनि अनुहारमा डन्डिफोर आउन सक्छ ।
घरबाट बाहिर निस्कँदा क्वाक्लिटीयुक्त सन्स्क्रिमको प्रयोग गर्नुपर्छ । अहिले बजारमा वाटरप्रुफ मेकअप सामग्री प्रशस्त पाइन्छन् । यस्ता मेकअप सामग्रीको प्रयोगले पसिनाले छालामा गर्ने हानिबाट पनि जोगाउँछ ।
डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ । डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनु हुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ ।
डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानु हुँदैन ।
डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु