
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले महिलाहरू सक्षममात्रै नभई पुरुषको तुलनामा ‘अझ राम्रो’ रहेको बताएका छन्। सिंगापुर पुगेका ओबामाले भने, ‘संसारका सबै देशहरू महिलाले चलाउने हो भने निस्सन्देह मान्छेको जीवनस्तर र अन्य नतिजामा सुधार आउने थियो।’ उनको विचारमा संसारका अधिकांश समस्या बुढाहरूका कारण पैदा भएको हो।
‘खासगरी ती बुढा मान्छे, जो शक्तिमा छन्’, उनले भने। ‘म राष्ट्रपति छँदा, महिलाले संसार चलाए कस्तो हुँदो हो भनेर सोच्ने गर्दथेँ। नेतृत्व विकाससम्बन्धी कार्यक्रमका वक्ताका रुपमा ओबामाले भने, ‘म विश्वासका साथ भन्न सक्छु। हामी पुरुषभन्दा महिला ज्यादा सक्षम छन्। दुई वर्षका लागि संसारका सारा देश महिलाको हातमा सुम्पिऊँ। म दावाका साथ भन्न सक्छु। हरेक क्षेत्रमा सुधार आउनेछ।’
पुन: राजनीतिमा फर्किने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले सक्षम नेताले समय आएपछि पाखा लाग्न सक्नुपर्ने धारणा राखे। ‘नेतृत्वले आफू निश्चित कार्यका लागि शक्तिमा आएको कुरा स्यमंलाई सम्झाइ रहनुपर्छ। जीवनभरि टाँस्सिइ रहन, मनपरी गर्न वा आफूलाई केन्द्रमा राखिराख्न यो ठाउँमा आएको होइन भन्ने बुझ्नुपर्छ’, उनले भने।
ओबामाले सन् २००९ देखि २०१७ सम्म राष्ट्रपतिको रुपमा काम गरे। ह्वाइट हाउस छाडेलगत्तै ओबामाले श्रीमती मिचेलसँगको सहकार्यमा ओबामा फाउण्डेसन नामक संस्था खोलेका छन्। उक्त संस्थाले युवा नेतृत्वलाई प्रोत्साहित गर्ने किसिमका अन्तर्राष्ट्रिय कार्यक्रम चलाउँछ। त्यसै सिलसिलामा ओबामा दम्पत्ति सिंगापुर पुगेका हुन्। थाहाखवर













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु