
नारीकोसिस डटकम पुस ६, भक्तपुर । भक्तपुर नगरपालिकाले मौलिकपन झल्किने गरी व्यवस्थित सार्वजनिक सार्वजनिक शौचालय बनाएको छ।
नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक एंव सर्वसाधानरणलाई सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न सार्वजनिक सौचालय निर्माण गरिएको हो ।
शौचालय वाहिर मौलिकिपन झल्किने र भित्र अत्याधुनिक शैलीमा निर्माण गरिएको छ ।
भक्तपुर विभिन्न ऐतिहासिक सम्पदाहरु रहेको क्षेत्र हो । जसले गर्दा यहाँका सम्पदा तथा मौलिकपनहरुलाई जोड दिदै परम्परागतशैलीमा शौचालय निर्माण गरिएको नगरप्रमुख सुनिल प्रजापति बताउनुहुन्छ ।
शौचालय सवैको लागि अपरीहार्य छ, शौचालयको कारण कसैले पनि दुःख नपाउन भन्ने उद्देश्यले मुख्य पर्यटकिय क्षेत्रमा नगरपालिका अन्तरगतका १० स्थानमा यस्तो सार्वजनिक सौचलय बनाएको उहाँको भनाई छ ।
परप्परागत तथा मौलिकपन झल्किने गरी निमार्ण गरिएको सो शौचालयप्रति सर्वसाधरण पनि खुशी देखिन्छन् । विगतमा शौचालय भएता पनि फोहोर भएर बस्न नसक्ने स्थिति थियो भने हाल सफा र व्यवतस्थित रहेको उनीहरु बताउछन् ।
भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय कामको सुरुवात गरेको छ भन्ने यो एउटा अर्को उदारण हो ।
स्वास्थ्यको हिसावले पनि महत्वपूर्ण मानिने सौचालयप्रति नगरपालिकाले ध्यान दिएको देखिन्छ । नगरपालिकाले सर्वसाधरणलाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने विषयलाई ख्याल गर्दै सार्वजनिक व्यायमशालासमेत खोलिसकेको र सर्वसाधारणले लाभ लिईरहेका छन् ।
नगरपालिकाले व्यवस्थित र मौलिकपन झल्किने गरी निर्माण गरीएको यस्ता महत्वपूण उदाहरिणय कार्यबाट अन्य स्थानीय तहले पनि सिक्ने हो भने समृद्ध नेपाल बन्न समय नलाग्नेमा कुनै दुईमत छैन । नारीकोसिस समाचारका लागि सुनिता तामाङको साथमा निर्मला सापकोटा सन्जेल भक्तपुर ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो