
नारीकोसिस डट कम मंसिर–६, काठमाडौ । गाविस गोठाटार हाल कागेश्वरी मनोहरा नगरपालिकाको नौ नम्वर वडा झिलीमीली उज्यालोमय बनेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको योजना अन्र्तगत नगरपालिकाले सेन्सर लाइट जडान गरे पश्चात गोठाटार रात्रीको समय झिलिमिली बनेको हो । नगरपालिकाको “दोस्रो नगरसभाको निति तथा कार्यक्रम-२०७५” ले पारित गरेको “उज्यालोनगर” कार्यक्रम अन्तर्गत परिक्षणको रूपमा सेन्सर लाइट जडान गरिएको नौ नम्वरका वडा अध्यक्षकुन्दन खड्काले जानकारी दिनुभयो ।
पोलमा जडान गरिएको उक्त लाईट राति आफै बल्ने र दिनमा ऑफै निभ्ने अटोमेटिक सेन्सर लाईट हो ।
उक्त सेन्सर लाइट जडानले स्थानीय जनता तथा राति पैदल गर्ने पैदलयात्रुहरुलाई सहज भएसँगै उज्योमय सडकले नगर–टोलको शोभा बढाएको शोभा छ ।
साथै खहरे देखि गान्धी मोड सम्मको ४ सय ६५ मिटर मुख्य सडक खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएकोछ । उक्त सडक खण्डमा कालोपत्रे भएपश्चात स्थानीय जनता तथा स्थानीय व्यवसायले केही हदसम्म राहत पाएका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु