नयाँबानेश्वरमा गाडीले ठक्करदिदा एक जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नयाँबानेश्वरमा गाडीले ठक्करदिदा एक जनाको मृत्यु

Share

८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०(५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया