
नारी कोसिस डटकम मंसिर २३ काठमान्ठौ ,कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन गईरहेको काँडाघारी खानेपानी आयोजनाको ओभरहेड टयान्कीको शिलान्यास कार्यक्रम आइतबार एक औपचारीक कार्यक्रम द्धारा सम्पन्न भएको छ । उक्त टयांकीको शिलन्यास कार्यक्रम सो कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुखकृष्ण हरी थापाको हातबाट भएको हो ।
काँडाघारी खानेपानी आयोजना साविक गोठाटार ७ र ८ हाल कागेश्वरी मनोहरा ९ र ७ का लागि ६ लाख ७० हजार लिटर अटाउने टयांकी यो एक बर्ष भित्रमा निर्माण गरिने र अर्को बर्ष सम्ममा ब्यबस्थित ढंगले स्थानिय जनतालाइ खानेपानीको सेवामा सहजता प्रदान गर्ने जानकारी नगर प्रमुख कृष्ण हरी थापाले दिनुभयो ।
उक्त कार्यक्रमममा अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका नौ नम्बर वडाका अध्यक्ष कुन्दन खड्का,नगर कार्यपालिका सदस्य कला घिमिरे लगायत अन्य जनप्रतिनिधि सहित विभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु