
नारी कोसिस डटकम/पुस २६, नेपालगन्ज । नेपालगन्जमा नीलसागर बृद्धाश्रमले अटिजम भएका वालवालिकाहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य परीक्षण गराएको छ । बुधावार बालविशेषज्ञ तथा हाडजोर्नी, नसा र अटिजम विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बालबालिकाको स्वास्थ्य जाँच तथा निशुल्क औषधि प्रदान गरी स्वास्थ्य परीक्षण गराएका हुन् ।
उक्त बृद्धाश्रमले परिक्षण गराएको दुई दिने स्वास्थ्य शिविरको पहिलो दिन सुर्खेत, दैलेख, सल्यान, जाजरकोटका गरी २५ जना बालबालिकाको स्वास्थ्य परी क्षण गरिएको आयोजकले जनाएको छ ।

काठमाडौको काँडाघारीमा आठ वर्ष देखि अटिजम भएका बालबालिकाहरुलाई हेरचाह गर्दै आएकी विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रतीले बालबालिकाको स्वास्थ्य जाँच गर्नुका साथै अभिभावकरुलाई परामर्श दिएकी थिईन ।
विहीवार बाँके, बर्दियाका बालबालिकाको स्वास्थ्य परीक्षण हुने नीलसागरका सुवेदीले जानकारी दिए ।
अटिजम एक रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु