
नारी कोसिस डटकम/माघ ८, काठमाडौ । काठमाडौं महानगरपालिकाले बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने माथि कारवाही शुरुगर्ने भएको छ ।
महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।
महानगरपालिकाले तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइएमा अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ ।
अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।
शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना रहेको महानगरपालीकाले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु