
नारीकोसिस डटकम/ पालुंगो साग स्वास्थ्यका लागि लाभदायी छ । खानामा पनि उत्तिकै स्वादिलो हुन्छ र जिउमा रगतको कमी भएकाहरूका लागि पालुंगो एकदमै फाइदाजनक हुन्छ ।
विज्ञहरुका अनुसार पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्त्वहरू पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ भने २ प्रतिशत प्रोटिन, र २.९ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
पालुंगो सागका फाइदाहरू निम्न छन्ः
१.दैनिक पालुंगोको साग खाने गरेमा रुखो छाला चम्किलो हुने गर्छ ।
२. पालुंगोको सागले शरीरलाई आवश्यक पर्ने तत्वहरु जस्तै अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्व प्रसस्त मात्रामा प्रदान गर्छ ।
३. यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।
४.नियमित रूपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढ्ने र दिमागी थकानसमेत कम हुन्छ ।
५.पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर हुन्छ ।
६.जण्डिसका रोगीले पालुंगो काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।
७.छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ ।
८.पालुंगोको सागको रसलाई नियमित रूपमा नरिवल पानीमा मिलाएर हरेक बिहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।
९. पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।
१०.रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।
११.जण्डिसका रोगीले पालुंगोको साग काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु