
नारीकोसिस डटकम/फागुन २६, विराटनगर । मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेका छन् ।
बेलवारी नगरपालिका –४, की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले जनाएको छ ।
गुरुङ नेकपा एमाले बेलबारीका पूर्वअध्यक्ष, नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी वनकासमेत अध्यक्ष हुन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु