
नारीकोसिस डटकम/ चैत १२, पर्वत । पर्वत उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् ।
चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।
गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाई भएकी रिजाल घर भन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिए ।
साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिए ।
उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् ।
यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु