
नारीकोसिस डटकम/चैत १०, काठमाण्डौं । आज विश्व क्षयरोग दिवस, ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसँगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्ने जनाएको छ ।
हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।
क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोगलाई रगत, खकार, छाला परीक्षणबाट कीटाणुको अवस्थाका बारेमा पत्ता लगाउन सकिन्छ ।
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ ।
क्षयरोगका लक्षणहरु
१. लगातार खोकी लाग्ने ।
२. रोग लागेका लामो समयपछि खोकीमा रगत देखापर्ने ।
३. तौल घट्ने ।
४. फोक्सो दुख्ने वा असजिलो महसुस हुने ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु