
नारीकोसिस डटकम/वैशाख ८, विराटनगर । १४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
किशोरीसँग विवाह गरी भागेका सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।
गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो ।
दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ गरेको थियो । किशोरी १४ वर्षको मात्र भएकाले पीडित परिवारको उजुरीको आधारमा राउतलाई पक्राउ गरेको हो ।
बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं पूर्याएका थिए । महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका– ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो ।
प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु