
नारीकोसिस डटकम/वैशाख १७, काठमाडौं । आलुबखडा एक गुणकारी फल हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै अमिलो हुन्छ । यो मिनरल्स, भिटामिन र फाइबरले भरपुर हुन्छ ।आलुबखडा खानुका फाइदाहरु निम्न छन्:
१.आलुबखडा खाँदा तौल नियन्त्रणमा रहन्छ । सय ग्राम आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।
२.यसमा भएको आइरनले रक्त कोसिकाको निर्माणमा मद्दत गर्छ ।
३.आँखाका लागि पनि निकै फाइदाजनक छ । यसमा भएको भिटामिनले आँखा र छालालाई निकै फाइदा पु¥याउँछ ।
४.रोग प्रतिरोधी क्षमतामा पनि बृद्धि हुन्छ ।
५.उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुन्छ । यसका साथै यसले अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
६.यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।
७.आलुबखडा खाँदा हड्डी बलियो हुन्छ ।
८.बोक्रासहित आलुबखडाको सेवनले क्यान्सर र ट्युमरको सेल्स बढ्न रोक्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु