
नारीकोसिस डटकम बैशाख २७, वीरगञ्ज । बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।
सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।
हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला डाके । यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरे । त्यसपछि यादवको ९ जनको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखराको दानाको कारोबार छ । यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेका छन् ।
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु