सत्य कथाः एक मिनेट समय निकालेर पढ्नुहोस् ……यस्तो जीवन कसैले वाँच्न नपरोस्

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सत्य कथाः एक मिनेट समय निकालेर पढ्नुहोस् ……यस्तो जीवन कसैले वाँच्न नपरोस्

Share

साझपख भएकाले उनी घरको थन्कोमन्को सकेर ओछ्यानमा पल्टिरहेकि थिइन। छेउमा उनको बच्चा निदाई रहेको थियो। धेरै नजानेता पनि आफ्ना मोबाइलमा २ दिन अगाडि सत्यनारायण भगवानको पुजामा खिचिएका केहि तस्विर पल्टाउदै आफ्नो परदेशी श्रीमानलाई पठाइदिइन।

तुरुन्तै इमो मार्फत भिडियो कल गरेर
श्रीमानले भन्न लागेः कस्तो फोटो खिचेको यो ?
सलले शिर ढाकेर खिच्न सक्दैनौ ?
म बाहेक तिम्रो अर्को तर्फ चक्कर छ
त्यसैले उसैलाई पठाउन यस्तो फोटो
खिचेको होला नि ?

सधैको किचकिचले होला, उनी केहि बोलिनन्।
आफ्ना औलाका नङ्गहरु टोक्दै आँखा डुलाइरहिन।

श्रीमानले फेरि भन्न लागेः खै भिडियोमा
सिन्दुर देखिएन त, अब त सिन्दुर लगाउन
पनि छाडिछौ है ?

उनले बिस्तारै भनिनः रातको समय छ
त्यसैले नदेखिएको होला…..

श्रीमानले रिसाउदै भन्न लागेः किन कुरा
बनाउछौ, सिधै जानि जानि नलगाएको भन्न……

उनले थपिनः त्यस्तो हैन त, दिनभर खेतमा
काम गरेर बेलुकिपख नुहाएकि थिए,
त्यसैले पुछियो होला, यसैपनि सामुन्ने
हेर्नु र भिडियोमा हेर्नु फरक परिहाल्छ नि…..

श्रीमानले भनेः तिमी बदलियौ के बदलियौ,
तिमी पहिले जस्तो छैनौ…..?
म नेपालमा हुँदा पनि मेरो वास्तै गर्दैनौ…..

उनले भनिनः मैले कहिले हजुरको वास्ता राखिन र ?

श्रीमानले रिसाउदै भन्न लागेः नाटक नगर नाटक।
के मलाई थाहा छैन भनेको तिम्रो माइती गाउँको
फलानो केटाले तिम्रो प्रत्येक facebook को फोटोमा
like, comment गर्छ ।

उनको बररर आँशु चुह्यो र रुदै
भन्न लागिनः त्यस्तो केहि पनि हैन,
आखिर किन मलाई यसरी मानसिक तनाव दिनुहन्छ ?

श्रीमानले रिसाउदै थपेः जानु मन छ भने
गए हुन्छ, मेरा बालबच्चा छाडेर आफ्नो बाटो
लागे केहि भन्दिन म, बरु टिका लगाएर
दक्षिणाका साथ बाटो खर्च दिएर बिदा गर्छु….।

उनको असाध्यै मन दुख्यो अनि कहाल्लिएर रुन लागिन…..
यत्तिकैमा सुतिरहेको बच्चा जागेर आमा रोएको देखेर बच्चा पनि रुन लाग्यो….

बच्चा रोएको सुनेर श्रीमानको रिस झन
बढ्यो र भन्न लागेः भालेसँग लागेपछि माउले
आफ्नै चल्ला ठुङ्छ रे। त्यसैले मेरो रिसले
नानी कुट्यौ हैन…?

उनले रुदै भनिनः त्यस्तो हैन नानी सुतेको थियो
अनि जागेर रोएको…..।

श्रीमानले भन्न लागेः मलाई पढाउनु पर्दैन तिमिले,
मलाई सबै थाहा छ। हैन…. तिमीलाई केमा
अभाव राख्या छ र मैले….. खान, लाउन सबै
पुय्राएकै छु तर आखिर के मा चित्त बुझ्दैन र
तिमी आफ्नो व्यवरा सक्छौ….।

उनी रात भर मन दुखेर रोई रहिन। जब उनले यो कथा मलाई सुनाइरहेकी थिइन, उनी अझ डाक्को छाडेर रुदै थिइन्। उनी रुदै भन्दै थिइनः

आफु गलत छ भने अरुलाई पनि गलत नै
देख्दा रहेछन, जब आफ्नै मनमा विश्वासको
अभाव छ भने अर्काको मनको अभाव कसरी
थाहा हुन सक्छ….? खान, लाउन दिएर सोचे
जस्तै गर्न मिल्ने मेसिन त हैन त म पनि,
मेरो पनि मन छ तर मेरो भावना कहिल्यै बुझ्नुहुन्न…..।
नानी बच्चा छ, हरेक समय ऐना हेरेर बस्ने फुर्सद
पनि त हुन्न…. एकछिन फोन उठाउन ढिला
हुदापनि गाली, फोन एकैछिन busy भएको
भेट्यो कि गाली,मआखिर मैले कुन जनमको पाप
गरेको रैछु र खाको र नखाको एउटै बनाउनु हुन्छ….?
नजिक भएका परिवार आफन्त समाजले
आजसम्म औला उठाउन सक्या छैन
समुन्द्र पारि बसेर यस्ता कुरा भनेको सुन्दा त
घर नै छाडेर गर्इदिऊ जस्तै हुन्छ।
आफ्नो माइतीमावली, थर, साथीभाई सबै छाडेर
वहाँ कै नामको सिन्दुरपोते लगाएर सिमामा बसेपनि
अरुसगै लाग्यो भनेर भन्नु हुन्छ…..।
भालेसगँ लागेर चल्ला ठुग्छस रे,
आखिर किन मलाई यसरी टोकिरहनु हुन्छ होला…।
यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने,
म त अब थाकिसके, सबैलाई काल आउछ
मलाई चै किन बिर्सेको होला नि…..।

उनी रोइ रहिन, आफ्ना व्यथा पोख्दै मन दुखेर उनी रोई रहिन।

………………………………………………………………………………………………………………………………………………………………………..

धेरै थिए भन्न तर यत्ति अवश्य भन्छु,
आफ्ना नजिकका मान्छेको मनको कुरा सुनिदिनुहोस, उसलाई आफ्नो भावना पोख्ने समय दिनुहोस। तपाईले यदि बोल्नमा स्वतन्त्रता दिनु भएन भने ऊ पनि मान्छे हो उसको आत्मसम्मानमा ठेस पुग्छ र उसले गलत कदम चाल्न पनि पछि पर्दैन। आज धेरै परिवारमा आमाबुवाको सन्तानले इच्छाविपरित काम गर्दछन, श्रीमानश्रीमती बिच फाटो आउनुको मुख्य कारण मध्ये यो पनि एक हो कि कसैको आवाजमा निरङ्कुशता नलगाइ दिनुहोला है……।
………………………………………………………………………………………………………………………………………………………………………..

सामाजिक सञ्जालबाट

 

तपाईको प्रतिक्रिया