
नारीकोसिस डटकम/रमिला तामाङ/जेठ १०, काठमाडौं । कागेश्वरी मनोहरा नगरपलिका वडा नं. ९, गोठाटरमा “गोठाटार स्वास्थ्य चौकी” भवन तोकिएको समय भन्दा २ महिना अगावै निर्माण कार्य सकिने भएको छ ।
यो भवन निर्माण कार्य भदौमा सकिने भनिएता पनि तोकिएको समयसिमा भन्दा २ महिना अगावै सकिने वडा अध्यक्ष कुन्दन खड्काले बताउनुभयो ।
वडा अध्यक्ष खड्का अनुसार उक्त भवन ब्रिटिस रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको हो । यो आयोजना गत सालको मंसिरमा शिलान्यास गरी निर्माण कार्यलार्ई अगाडि बढाएको हो ।
सो स्वास्थ्य चौकीमा हालसम्म के – के सुविधा उपलब्ध गराउनेबारे टुङ्गो लागिसकेको नभएता पनि सामान्यतया महिला विशेष प्रसुती सेवा सुविधा लगायत विभिन्न सेवाहरु उपलब्ध गराउने सोही वडाका वडा अध्यक्ष कुन्दन खड्काको भनाई छ।
गोठटारकै सवैभन्दा ठूलो स्वास्थ्य चौकी बन्न लागेको यो आयोजना सम्पन्न भए पाश्चत करिब ३० हजार स्थानीय जनता यस सेवाबाट लाभन्वित हुनेछन्
।
यो स्वास्थ्य चौकी निर्माणको लक्ष्य र उदेश्य कार्यन्वयन गरेमा सोही वडाका जनतासहित अन्य आसपासका स्थानीय जनता सामान्य उपचारको लागि टाढा हस्पिटलमा जानु नपर्ने देखिन्छ ।
स्थानीय जनताको स्वास्थ्य सेवा तथा सुविधा उपलब्ध गराउने उदेश्यले नगरपालिकाको पहलमा रेडक्रसको आर्थिक सहयोगमा बन्न लागेको हो ।
भिडियोः













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु