
तपाई हामी दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छौं । चिया पिउँदा कसैले अदुवा राखेर पिउन मन पराउँछन् भने कसैले ग्रीन टी पिउन मन पराउँछन् । त्यति मात्र नभई कसैले ब्ल्याक टी पिउन रुचाउँछन् भने कसैले लेमन टी रुचाउँछन् । तर, के तपाईंले ल्वाङ राखेको चिया कहिल्यै पिउनु भएको छ ?
ल्वाङ राखेको चियाले चियाको तलतल मात्रै मेटाउँदैन स्वास्थ्यका लागि पनि उत्तिकै फाइदा गर्छ । यदि तपाईं पनि चियाको शौखिन हुनुहुन्छ र विहानै चिया पिएर दिनको सुरुवात गर्न चाहनु हुन्छ भने अबदेखि ल्वाङ राखेर चिया पिउने बानी बसाल्नुहोस् । किनकी ल्वाङ राखेर चियाले औषधि समान काम गर्छ ।
ल्वाङ चियाका फाइदा : गिजामा समस्या छ भने ल्वाङ हालेको चिया पिउनु फाइदाजनक हुन्छ । ल्वाङ हालेको चिया नियमित सेवन गर्नाले गिजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ ।
ल्वाङमा म्याग्नेसियम पाइन्छ । जसले ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ । साथै इम्यूनिटी पनि बढाउँछ । ल्वाङ चिया पिउनाले पेट सम्बन्धी समस्यामा पनि राहत मिल्छ ।
यदि तपाईमा एसिडिटी र पेट दुख्ने समस्या छ भने ल्वाङ चियाको प्रयोग फाइदाजनक हुन्छ । ल्वाङ एक आयुर्वेदिक गुण भएको तत्व हो । छालाको लागि पनि ल्वाङ निकै फाइदाजनक मानिन्छ । नियमित ल्वाङ चिया पिउनाले छालासँग सम्बन्धित समस्यामा ठीक भएर जान्छ । (एजेन्सीको सहयोगमा)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु