जाडोमा पिनासबाट कसरी बच्ने……………

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई वायुविवर अथवा साइनस पनि भन्ने गरिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।
जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ। टाउको र अनुहारमा हुने हाडहरुमा हावा भरिएको खाली भागहरुमा साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।
पिनास हुँदा टाउको, निधारको अगिल्लो भाग दुख्नुका साथै नाकबाट गन्ध आउने र बाक्लो सिँगान गग्दछ । साथै सुघ्ने क्षमतामा ह्रास आउनु माथिल्लो दाँत दुख्नसका साथै टाउको झुकाउँदा टाउकोमा पीडा हुनु, भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको सामान्य संक्रमण भएर सुनिन्छ भने एलर्जिक पिनास हुदा नाकबाट लगातार तरल पदार्थ बगिरहने, आखाँ कान चिलाउने र हाँछ्यु आइरहन्छ ।
यसरी क्रमिक रुपमा बढ्दै जाने वा निरन्तर चलिरहेमा निम्न उपायहरु अपनाउनुहोस्ः
प्रशस्त मात्रामा पानी पिउने ।
– चिसोबाट जागिने ।
– तातोपानीको बाफ लिने ।
– धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।
– साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।
– एलर्जीको उपचार गराउने ।
– नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।
चिकित्सकसँग परामर्श लिएर घरेलु उपचार वा औषधी सेवन गर्ने
–चिसो खाने कुरा बाट टाढा रहने
–धुलो धुवा र प्रदुषणबाट अलग रहने
–१ लिटर पानीमा आधा चम्चा टिम्मुर र एक चम्चा ज्वानो राखेर वाफ लिने ।वाफ लिएको आधा घण्टा पछि गाईको घ्यु पगालेर ३ थोपा नाकमा राख्ने
–अनुलोम विलोम, नाडी सुद्धि र प्राणयाम जस्ता योगा गर्ने
तपाईको प्रतिक्रिया