
विद्यार्थीहरुको लागि समय व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम हो । तर, केही सामान्य उपाय अपनाएर विद्यार्थीहरुले आफ्नो समयलाई सजिलै व्यवस्थापन गर्न सक्छन् । जसमध्ये केही उल्लेख गरिएको छ ।
राती धेरै लामो समयसम्म बसेर नपढ्नुहोस् । यसो गर्दा बिहान छिटो उठ्न सकिदैन र आफूले सोचे अनुसार काम गर्न सकिदैन । दिमाग फ्रेस पनि रहँदैन । त्यसैले हरेक दिन बिहान छिटै उठ्नुहोस् र केही समय शारीरिक अभ्यास अथवा योगा गर्नुहोस् ।
त्यो दिनभर आफूले पढ्ने विषय र गर्नुपर्ने कामहरु टिपोट गर्नुहोस् । कामको प्राथमिकतालाई छुट्टाउनुहोस् । पढ्दा पनि प्राथमिकता कुन विषयलाई दिने भनेर समय छुट्टाउनुहोस् । गाह्रो लाग्ने समयको लागि अलि बढी समय दिनुहोस् ।
एकोहोरो पढ्ने नगर्नुहोस् । समयतालिका बनाउँदा पनि आराम तथा मनोरंजनको लागि पनि केही समय छुट्टाउनुहोस् । यसरी पढ्दा दिमाग थाक्दैन र स्मरणशक्ति बढ्छ ।
तालिका अनुसार विषय परिवर्तन गरेर पढ्दा आफ्नो दिमागलाई केही मिनेट आराम दिएर नयाँ विषयको लागि तयार हुनुहोस् । यसो गर्दा दिमागमा पूरानो विषय र नयाँ विषयका कुराहरु जुध्दैनन्, सम्झन सजिलो हुन्छ ।
पढ्ने समयमा मोबाइलको नोटिफिकेसन बन्द गर्नुहोस् । हल्ला नहुने ठाउँमा बसेर पढ्नुहोस् । यसो गर्दा थोरै समयमा पढ्नुपर्ने धेरै सिक्न सकिन्छ ।
हल्का र पोषणयुक्त खाना खानुहोस् । खानामा असन्तुलन भयो भने अल्छीपना बढ्ने, बिरामी हुने जस्ता समस्या आउँछन्, जसले गर्दा आफ्नो समय तालिका सबै बिग्रिन्छ ।
बिदाको दिनमा आफ्ना व्यक्तिगत कामहरु सक्ने प्रयास गर्नुहोस् । जसले गर्दा त्यो हप्ताभरी अनावश्यक हुँदनै ।
आफ्ना रुचिका विषय जस्तै पेन्टिङ, नृत्य गायन, लेखन आदिको लागि पनि आफ्नो एक हप्ताको तालिकामा समावेश गर्नुहोस् । यसले गर्दा तपाईको दिमाग र शरीर दुवै स्फूर्त रहिरहन्छ ।
सधैं सकारात्मक सोच भएका व्यक्तिहरुको संगत गर्नुहोस् । संगतले व्यक्तिको जीवनमा धेरै प्रभाव पार्छ । गलत संगतमा पर्नुभयो भने तपाईको समय तालिका मात्र नभएर तपाईको जीवनको समय रेखा नै अस्तव्यस्त हुनसक्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो