
नारीकोसिस डटकम/जेठ ३१, महोत्तरी । जिल्लाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सरपल्लो–१ स्थित आफ्नो आँपको फूलबारीमा बसिरहेको महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर आउँदै गरेकी बालिकालाई जबरजस्ती तानेर फूलबारीमै रहेको गोठमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ नै महतोलाई पक्राउ गरी निजमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको पनि उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु