
नारीकोसिस डटकम/असार १, काठमाडौँ । बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ ।
हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् ।
दार्चुलामा गएको बुधबारसम्म लेक लागेर र भिरबाट लडेर दुई जनाको निधन भएको छ । यार्सा सङ्कलनका क्रममा लेक लागेर मानिसको मृत्यु हुने क्रम बढेपछि संरक्षण क्षेत्रले अहिले रु १० लाखको बीमाको व्यवस्था गरेको छ ।
यार्सा सङ्कलनको समयमा अनियन्त्रित रुपमा बहन क्षमता भन्दा धेरै ठूलो जनसमुदाय सङ्कलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घटेको छ । हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असर लगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञको भनाइ छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु