
नारीकोसिस डटकम/साउन १७, काठमाडौं । साउदी अरेबियाले महिलाप्रति अर्को उदार नीति ल्याएको छ । कट्टर मुस्लिम देश साउदीले महिलालाई विदेश घुम्दा अभिभावकविना घुम्न पाउने नीति बनाएको हो ।
१७ साउनमा साउदीले नयाँ कानुन सार्वजनिक गर्दै महिलाप्रति उदार नीति सार्वजनिक गरेको हो । अब २१ वर्ष पुगेका साउदी महिलाले पुरुष अभिभावक विना नै विदेश जान निवेदन दिन सक्नेछन् । उनीहरुलाई विदेश जान अभिभावकको अनुमति चाहिने छैन र स्वतन्त्र रुपमा घुम्न जान सक्नेछन् ।
यसअघि साउदी महिलाले पासपोर्ट पाउन वा विदेश जान पुरुष अभिभावकको अनुमति लिनुपथ्यो । उनीहरु बाबु वा पतिको संरक्षणमा रहेर पासपोर्ट पाउँथे वा विदेश जान्थे ।
महिलालाई बच्चाको जन्म दर्ता, विवाह र पारपाचुकेका लागि निवेदन दिनसक्ने अधिकार पनि दिएको छ ।
साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा आएपछि एकपछि अर्को उदार नीति ल्याइरहेका छन् । उनले महिलालाई घरबाहिरको कामकाजमा समेत सक्रिय बनाउने नीति ल्याएका छन् । एजेन्सी, Photo: alarabia













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु